विश्व कपमा आज सेमिफाइनल पुगिसकेका भारत र दक्षिण अफ्रिका खेल्दै
१९ कार्तिक २०८०, आइतवार
0
प्रतिक्रिया
विराटनगर,भारतमा चलिरहेको एकदिवसीय विश्वकप
क्रिकेटमा आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् । कोलकाताको इडन गार्डेन
रङ्गशालामा हुने खेल दिउँसो साव दुई बजे शुरु हुने छ । समान सात खेल खेलेका भारत र दक्षिण
अप्रिका दुवै जारी विश्वकपको सेमिफाइनलमा पुगिसकेका छन् । भारत सात खेलमै
अपराजित रहँदै १४ अङ्ककासाथ सेमिफाइनलमा पुगेको हो भने हिजो भएको खेलमा
पाकिस्तानले न्युजिल्यान्डलाई हराएपछि दक्षिण अफ्रिका दुई खेल अगावै
सेमिफाइनल खेल्ने पक्का भएको हो ।दक्षिण अफ्रिका ७ खेलमा ६ मा जित र १ मा
हारसहित १२ अङ्कका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका सन् २०१५ को
विश्वकपपछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो । अहिलेसम्ममा दक्षिण अफ्रिका
पाँचौँ पटक सेमिफाइनलमा पुगेको छ । तर अहिलेसम्म फाइनल भने खेलेको छैन ।
अब विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई वटा टोलीका लागि ६ टोलीबीच
प्रतिस्पर्धा हुनेछ । इङ्ल्यान्ड र बङ्लादेश भने लिगबाट बाहिरिएका छन् । अस्ट्रेलिया ७ खेलमा ५ मा जित र २ मा
हारसहित १० अङ्कका साथ तेस्रो स्थानमा छ ।अस्ट्रेलियाले अब दुई खेल खेल्न
बाँकी छ । अफगानिस्तान र बङ्लादेशसँग हुने खेलमा एउटा मात्रै जिते पनि
अस्ट्रेलिया सेमिफाइनलमा पुग्छ । न्युजिल्यान्ड ८ खेलमा ४ मा जित र ४ मा
हारसहित चौथो स्थानमा छ ।न्युजिल्यान्डले आफ्नो अन्तिम खेलमा
श्रीलङ्कालाई हराएर अरु टोलीको नतिजा पनि आफू अनुकूल आएमा सेमिफाइनल पुग्ने
सम्भावना बाँकी छ । पाकिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित
पाँचौँ स्थानमा छ । अन्तिम खेलमा इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित
गरेमा पाकिस्तान सेमिफाइनलमा पुग्छ । न्युजिल्यान्ड श्रीलङ्कासँग हारेमा
पाकिस्तानलाई नेटरनरेटको आवश्यकता पर्दैन । अफगानिस्तान ७ खेलमा ४ मा जित र
३ मा हारसहित ८ अङ्कका साथ छैटौँ स्थानमा छ । अस्ट्रेलिया र दक्षिण
अफ्रिकासँग हुने बाँकी दुवै खेल जितेमा अफगानिस्तान सेमिफाइनलमा पुग्न सक्छ
। सेमिफाइनलमा शीर्षस्थानमा रहने टोलीले
चौथो स्थानमा रहनेसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो
स्थानका टोलीबीच सेमिफाइनल खेल हुनेछ । पहिलो सेमिफाइनल नोभेम्बर १५ र
दोस्रो नोभेम्बर १६ मा हुनेछ । फाइनल खेल नोभेम्बर १९ मा हुनेछ ।