विराटनगर ,आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज
न्युजिल्यान्ड र श्रीलङ्का खेल्दैछन् । यो खेल बेङ्लाेरमा नेपाली समय
अनुसार दिउँसो सवा दुई बजे शुरु हुनेछ ।शुरुवाती चार खेल जितेको न्युजिल्यान्ड
लगातार चार हारका कारण सेमिफाइनलमा पुग्न सङ्घर्षमा छ । न्युजिल्यान्ड ८
खेलमा ८ अङ्कका साथ चौथो स्थानमा छ । आजको खेल जितेमा न्युजिल्यान्डको १०
अङ्क हुनेछ । यो खेल फराकिलो अन्तरले जितमा न्युजिल्यान्ड सेमिफाइनलमा
पुग्न सक्छ । श्रीलङ्का ८ खेलमा ४ अङ्कका साथ नवौँ स्थानमा छ ।हिजो भएको खेलमा
इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई १ सय ६० रनको फराकिलो अन्तरले हरायो ।
जितसँगै इङ्ल्यान्डले सन् २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना
बढेको छ । हारसँगै नेदरल्यान्ड्सको विश्वकपमा सेमिफाइनल खेल्ने सम्भावना
सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?