एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा पाकिस्तानद्धँरँ भारतलाई ८ विकेटले हरायो
२५ मंसिर २०८०, सोमवार
0
प्रतिक्रिया
विराटनगर , २५ मंसिर । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा पाकिस्तानले भारतलाई हराएको छ । हिजो आइतवार भएको खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले हरायो । भारतले दिएको २ सय ६१ रनको लक्ष्य पाकिस्तानले ४७ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । पाकिस्तानका अजन अवैसले शतक बनाए । उनी १ सय ३० बलमा १ सय ५ रन बनाउँदै नट आउट रहे । यस्तै कप्तान साद बेगले नट आउट ६८ र शाहजैब खानले ६३ रन जोडे । बलिङतर्फ भारतका मुरुगन अभिषेकले २ विकेट लिए ।
यसअघि दुबई आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन बनायो । भारतका आदर्श सिंहले ६२, कप्तान उदय शहरनले ६० र सचिन दासले ५८ रन बनाए । बलिङतर्फ भारतका मोहम्मद जेशानले ४ तथा अमिर हसन र उबैद शाहले समान २ विकेट लिए । यो जितसँगै पाकिस्तान २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । भारत उति नै खेलमा २ अङ्कसहित दोस्रो स्थानमा छ ।