विराटनगर , १४ भदौ । आइसीसी महिला टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र मलेसियाको खेल शुरु भएको छ ।
नेपालले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ ।
क्वालालाम्पुरमा रहेको बायुमास ओभलमामा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । प्रतियोगिताको समूह ए मा नेपाल सहित युएई,कतार, मलेसिया, भुटान र बहराइन छन् ।
समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले ग्लोबल छनोट खेल्न पाउनेछन् ।प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?