.

रुसले आक्रमण तीव्र पारिरहेको बेला अमेरिकी विदेशमन्त्री ब्लिन्केन युक्रेनमा

विराटनगर ,१ जेठ । रुसले आक्रमण तीव्र पारिरहेको बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अचानक युक्रेनको राजधानी किभ पुग्नुभएको छ ।

पोल्यान्डबाट नौ घण्टाको रात्रि यात्रापछि ब्लिन्केन किभ पुग्नुभएको बीबीसीले जनाएको छ । रुसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नजिकैका नौ वटा बस्ती कब्जा गर्दै खार्किभ नजिकैको उत्तर–पूर्वी सीमावर्ती शहर भोभचान्स्कमा प्रवेश गरेको समयमा अमेरिकी विदेशमन्त्रीको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

केही समयदेखि अमेरिकी र युरोपेली सहयोग रोकिँदा युक्रेनी सेनालाई रुससँग लड्न हम्मेहम्मे परेको थियो । तर अहिले अमेरिकाले ६१ अर्ब डलरको राहत प्याकेज पारित गरेर सैन्य सामग्री पठाइरहेकाले अब युक्रेनले रुससँग डटेर लड्ने तयारी गरेको छ ।

  विराटनगर ,१ जेठ । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँग हुने खेलका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । टोलीमा पर्नेमा गोलकिपरबाट किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत छन् ।

रक्षापंक्तिको खेलाडीमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ रहेका छन् ।

मिडफिल्डरमा भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, बसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ छन् ।

फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया