.

सुनचाँदीको भाउले फेरि राख्यो नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो

 विराटनगर ,११  मंसिर ।सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो  । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।


सुनको भाउ हिजो भन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो भएको हो । हिजो तोलामा सुन १ लाख १६ हजार ९ सय रुपैयाँ थियो ।


अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ अझै बढ्न सक्ने अनुमान छ ।


यस्तै, चाँदी पनि आज भाउ बढेर तोलाको १ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया