.

जुम्ला विमानस्थल विस्तारका लागि १ सय ८३ रोपनी जग्गा अधिग्रहणको काम शुरु

विराटनगर ,११  मंसिर । जुम्ला विमानस्थलको धावनमार्ग विस्तारका लागि १ सय ८३ रोपनी जग्गा अधिग्रहणको काम शुरु भएको छ । 

जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सय ८३ दशमलव ८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको हो । 


नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरी सरोकारवालालाई जानकारी गराएको जुम्ला विमानस्थल कार्यालयका प्रमुख सन्तोष अधिकारीले जानकारी दिनुभयो ।


जग्गा अधिग्रहणका लागि जुम्ला विमानस्थल कार्यालय प्रमुख अधिकारीलाई ‘अधिकार प्राप्त प्रारम्भिक कारबाही चलाउने अधिकारी’ तोकिएको जुम्ला विमानस्थल कार्यालयले जनाएको छ । ‘जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४ ९१० को खण्ड ९ख० बमोजिम विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउने कार्यको लागि विमानस्थलको उत्तर र पूर्वतर्फ करिब एक सय ८३ दशमलव ८० रोपनी जग्गा अधिग्रहण गरिएको हो। 


प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भनी नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०८० जेठ २ गते निर्णय भएको ब्यहोरा उल्लेख गरिएको छ । निर्णय कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विसं २०८० जेठ १० गतेको पत्रमार्फत लेखिएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयले विसं २०८० जेठ २३ गतेको पत्रअनुसार जग्गा प्राप्ति ऐन २०३४ को दफा ५ ९२० बमोजिम जुम्ला नागरिक उड्डयन कार्यालयका प्रमुखलाई प्रारम्भिक अधिकारी तोकी प्रारम्भिक कारबाही चलाउने र प्रारम्भिक अधिकारीले सम्बन्धित सरोकारवाला व्यक्तिको जानकारीका लागि सूचना दिनुपर्ने व्यवस्था अनुसार पत्र सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया