विराटनगर ।त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १४
किलो सुनसहित दुईजना पक्राउ परेका छन् । बिहीबार राति फ्लाइ दुबईको एफजेड
५४३ को उडानबाट काठमाडौं आएका चन्द्र घले र मीनबहादुर घले सुनसहित पक्राउ
परेका हुन् । कपडामा बेरेर छातीको
दायाँबायाँ राखेर ल्याएको अवस्थामा उक्त सुन बरामद गरिएको विमानस्थल प्रहरी
प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । दुबईबाट
अवैध रूपमा सुन आउँदै छ भन्ने सूचना पाएपछि विमानस्थल प्रहरी र भन्सारको
संयुक्त टोलीले घलेद्वयलाई आउँदा आउँदै पक्राउ गरेको थियो । पक्राउ परेका दुवैलाई प्रहरी प्रभाग कोटेश्वर पठाइएको र थप अनुसन्धान भइरहेको डीआईजी ठकुरीले बाह्रखरीलाई जानकारी दिए ।