.

सुनकाे भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले घट्यो

विराटनगर ।  हिजो अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज एकै दिन तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको हो ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५० हजार रुपैयाँ पुगेको थियो । आज भने एकै दिन दुई हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ४७ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी ६० रुपैयाँले घटेर तोलको एक हजार सात सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया