विराटनगर,१ साउन । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ।
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लगाएर नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाए पछि यातायात व्यवस्था विभागले भाडा पनि समायोजन गरेको हो।
जसअनुसार यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको छ।
पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडा दर समायोजन गर्ने वैज्ञानिक भाडा दर कायम सम्बन्धी कार्यविधिको व्यवस्था छ।