.

विद्युतीय व्यापार विधेयक २०८० को मस्यौदा प्रतिवेदन समितिबाट पारित

विराटनगर , १५ कात्तिक । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक,२०८० को मस्यौदा प्रतिवेदन पारित गरेको छ । 


समितिको आजको बैठकले सो मस्यौदा प्रतिवेदन पारित गरेको र राष्ट्रियसभाको भोलि हुने बिहीबारको बैठकमा प्रस्तुत गरिने समिति सभापति जयन्ती राईले जानकारी दिए।


राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि समितिमा दफावार छलफल भइसकेको छ । 

सरकारले विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन गर्न तथा व्यवस्थित र विश्वसनीय बनाउँदै प्रवद्र्धन गर्न विद्युतीय व्यापार ऐनको प्रस्ताव गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया