.

खरिदार वा त्यो सरहका कर्मचारीको सरुवारपदस्थापन आउँदो फागुन मसान्तसम्म स्थगन

विराटनगर ,१३ मंसिर ।सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयले  राजपत्र  अनङ्कित  द्वितीय  श्रेणी, खरिदार वा त्यो सरहका कर्मचारीको सरुवारपदस्थापन आउँदो फागुन मसान्तसम्मका लागि स्थगन गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायलाई परिपत्र गरी आउँदो फागुन मसान्तसम्मका लागि सरुवा स्थगित गरिएको जानकारी गराएको छ । साथै परिपत्र कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ ।

लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार लामो समयदेखि  सुगम स्थानमा रही कामकाज गरिरहेका कर्मचारी बढुवा प्रयोजनका लागि मात्र दुर्गम ठाउँका कार्यालयमा सरुवा भएर जाने क्रम देखिएको भन्दै मन्त्रालयले फागुन मसान्तसम्म खरिदारको सरुवा स्थगन गरेको हो । 

बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडि राजपत्र अनङ्कित द्वितीय श्रेणी, खरिदार वा त्यो सरहको पदको सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा बसी सेवा गरिरहेका बढुवामा मर्का पर्ने भएकाले  मन्त्रालयले सरुवा र पदस्थापन गर्ने तथा सरुवा सहमति प्रदान गर्ने कार्य स्थगित गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया