.

पद्मप्रसाद पाण्डे संघीय संसदको कार्यवाहक महासचिव नियुक्त

विराटनगर , २७ मंसिर ।   सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरेका छन् ।

सभामुख घिमिरेले पाण्डेलाई कार्यवाहक महासचिव नियुक्ति गरेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया