.

गीत(संगीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

विराटनगर , १५ फागुन  ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–संगीतको क्षेत्रमा उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन्।

मंगलबार  नेपाल संगीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण  गर्दै प्रधानमन्त्री दाहालले आचार्यको  योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरेका हुन् । 

प्रधानमन्त्रीले आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए।

प्रतिष्ठानमा बिहान ११ बजेदेखि आचार्यप्रति श्रद्धाञ्जलि अर्पण चलिरहेको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८१ वर्षको उमेरमा निधन भएको हो। 

आचार्यले ‘मुटु जलिरहेछ।।।’,‘जहाँ छन् बुद्धका आँखा।।।’,‘हजार सपनाहरूको।।।’,लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएका छन् । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया