विराटनगर , १२ चैत । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
कार्की जनता समाजवादी पार्टीका नेता हुन्। जसपा नेता नवलकिशोर साह सुडीले सम्हालेको उक्त मन्त्रालयमा कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। कार्की धनुषा(१ बाट निर्वाचित सांसद हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?