.

१८ चैतमा कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने

विराटनगर , १२ चैत्र । नेपाली कांग्रेसले उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको छ ।
कांग्रेसले १५ वैशाखमा हुने प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि हुने उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको हो ।सभापति शेरबहादुर देउवाले १८ चैतमा उम्मेदवार चयन गरिने जानकारी गराएको इलामका सभापति डम्बर खड्काले जानकारी दिए ।
सभापति देउवाले कसलाई उम्मेदवार बनाउने बारेमा भने केही नबोलेको उनले बताए । कांग्रेसमा संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ ।इलाम–२ का लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ ।
भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएको छ ।
गत निर्वाचनमा एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्बाङसँग कांग्रेसका जिल्ला सभापति खड्का ११४ मतले पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया