.

सरकारको नीति तथा कार्यक्रम जेठ ९ गते प्रतिनिधि सभाबाट पारित हुने

विराटनगर ,२ जेष्ठ ।सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षीय नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट जेठ ९ गते पारित हुने भएको छ। प्रतिनिधिसभाले तय गरेको सम्भावित कार्यसूची अनुसार जेठ ३ गतेबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने र ९ गते पारित गर्ने उल्लेख छ। 
सम्भावित कार्यतालिका अनुसार  जेठ ४ , ६, ७ र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। त्यसपछि ९ गते छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। सम्भावित कार्यसूचीमा निर्णयार्थ पेश गर्नु अगाडि शून्य सयम, विशेष समय, प्रधानमन्त्रीबाट वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ, प्राप्त संशोधनहरु र वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ।
प्रतिनिधि सभामा जेठ १३ गते शून्य समय, विशेष समय, आर्थिक वर्ष २०८०र०८१ को आर्थिक सर्वेक्षण पेश, बैंक तथा वित्ती संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्, रा.स.मा उत्पत्ति भएको विधायनसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसदीय क्यालेन्डरमा उल्लेख छ।
सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८१र०८२ को बजेट ल्याउने संवैधानिक व्यवस्था छ। उक्त दिन संयुक्त बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। सम्भावित कार्यतालिका अनुसार राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल, आर्थिक विधेयक २०८१ पेश, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका लागि दिन र समय निर्धारण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया