.

संसदीय छानबिन समिति : कार्यदलको क्षेत्राधिकारमै अलमल

विराटनगर , ६ जेष्ठ ।सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपनि कार्यदेश नटुंगिदा आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय २ बजेलाई सारिएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै तीन घण्टा लामो छलफलपछि सत्ता पक्ष र प्रतिपक्ष संसदीय छानबिन तयार भएका थिए । 
समितिको कार्यदेश के हुने भन्ने विषयमा एमाले नेता एवंम कानुनमन्त्री पदम गिरीको नेतृत्वको कार्यदेश समितिले काम गरिरहेको बताइएको छ । कार्यदलमा रास्वपाका तर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार र नेकपा एमालेका तर्फबाट महेश बर्ताैला सदस्यका रुपमा रहेका छन् ।
कार्यदेश कति फराकिलो बनाउने रास्वपा सभापति रवि लामिछानेको नाम जोड्ने कि नजोड्ने भन्दै काम गरिरहेको कानून मन्त्रालय स्रोतले बताएको छ ।
तर, समितिको क्षेत्राधिकार विषय पेचिलो बन्ने देखिएको छ । समितिको टीओआर (कार्यादेश) बनाउन बनेको कार्यदलमा सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक आज पनि अन्योलमा पर्ने देखिएको छ ।यसैबिच
विपक्षी दलहरूले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई आग्रह गरेका छन् ।

सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरू बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सो अनुरोध गरेका थिए । कार्यदलको बैठक कानुन मन्त्रालय सिंहदरबारमा बसेको छ ।
त्यसैगरि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन् ।
आइतबार बिहान नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसद बैठकमा गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।
यद्यपी, समिति गठन नभएसम्म नियमित कामकाज अगाडि बढ्न नदिने निर्णय गरेको छ । 
त्यस्तै राष्ट्रियसभा बैठक पनि सरेको छ। बैठक आज दिउँसो ३ः१५ बजेका लागि सार्ने निर्णय भएको राष्ट्रियसभा अध्यक्षको सचिवालयले जनाएको छ।
बैठक दिउँसो १ः१५ को लागि तोकिएको थियो।सहकारी संस्था ठगीकौ विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलमा सहमति नजुट्दा बैठक प्रभावित भएको हो।
कार्यदलले बिहानैदेखि छलफल जारी राखेपनि सहमति भने जुटाउन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया