.

संसदीय छानबिन समितिको टीओआरका विषयमा कांग्रेसले फेरि माग्यो समय

विराटनगर , ६ जेष्ठ  । सरकाले सहकारी समस्याका बारेमा अध्ययनका लागि गठन गर्ने भनेको संसदीय छानबिन समितिको कार्यविधि ९टीओआर० का बारेमा पार्टीमा छलफलका लागि कांग्रेसले समय मागेको छ । आइतबार सिंहदरबारमा कानुनमन्त्री पदम गिरीसहित सत्ता पक्ष र विपक्षी दलका प्रतिनिधिबिच संसदीय छानबिन समितिको कार्यविधि बनाउनेबारे छलफल भएपनि सहमति नजुटेपछि कांग्रेसका प्रतिनिधिले पार्टीमा छलफल गर्ने भन्दै समय मागेको बैठकमा सहभागी एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

उनले भने– ‘कांग्रेसका साथीहरुले २० मिनेट पार्टीमा छलफल गर्नुपर्‍यो भन्नुभएको छ, विशेषगरी हामीले छानबिन समितिको कार्यविधिको विषय के हुने भन्ने बारेमा कुरा गरेका छौँ । हामी धेरै टाढा पनि छैनौँ, एकाध विषयमा कांग्रेसका केही आफ्ना भनाइहरू छन्, हामीले समग्र सहकारीहरूको समस्या पनि समाधान होस्, संसदीय समिति सांसदहरूको संलग्नतामा बन्ने हो, त्यसले अनुसन्धान अधिकारीका रूपमा कत्तिको काम गर्न सक्छ, त्यसको बारेमा पनि याद गर्नुपर्छ । कानुनी, नीतिगत पक्षमा कसरी यसले बढीभन्दा बढी लाभ पुग्ने गरी काम गर्न सक्छ भन्ने सैद्धान्तिक सहमति भएको छ, विषयगत रूपमा बुँदागत रूपमा टुङ्ग्याउनका लागि केही समय माग्नुभएको छ ।’

अर्को बैठकले निर्णय हुनसक्ने अपेक्षा रहेको उनले बताए । कांग्रेसले संसदीय छानबिन समिति बनाउँदा रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कुरामा अडान लिएको छ भने सत्तापक्षले सो विषय स्वीकार गरेको छैन । कांग्रेसले समय मागेकोले दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया