.

प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल न्युयोर्क जाँदा ४ करोड भन्दा बढी खर्च

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ७९औं महासभामा जाँदा ४ करोड २९ लाख ५८ हजार ८३७ रुपैयाँ खर्च भएको छ ।  

अर्थ मन्त्रालयले उक्त रकम गत कात्तिक महिनामा परराष्ट्र मन्त्रालयको नाममा निकासा गरेको छ । 


प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गत सेप्टेम्बर २० देखि ३० सम्म अमेरिकाको  न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया