.

रित्तो गाग्री प्रहरीले लगेपछि खाली हात सिंहदरबार छिरे धरानका मेयर

विराटनगर । वर्षाैँदेखि खानेपानी अभाव टार्न दबाबका लागि काठमाडौं आइपुगेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सिंहदरबार छिरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न भन्दै मेयर साम्पाङ मंगलबार सिंहदरबारमा पसेका हुन् ।

पटक पटक धरानमा पानी ल्याउन खानेपानी मन्त्रालयलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको गुनासो मेयर साम्पाङले गरे ।

धरानमा खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न सरकारलाई दबाब दिन काठमाडौं आउनु परेको मेयर साम्पाङले बताए ।

धरानका जनताको खानेपानीको दीर्घकालीन व्यस्थापन नभएसम्म सरकारलाई घच्घच्याउने उनले बताए ।

मेयर साम्पाङ रित्तो गाग्रीसहित प्रवेश गर्न सक्ने भन्दै सिंहदरबार दक्षिण गेटमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

धरानमा खानेपानीको समस्या रहेको भन्दै साम्पाङ रित्तो गाग्रीसहित सोमबार काठमाडौं आइपुगेका थिए । तर साम्पाङले ल्याएको रित्तो गाग्री प्रहरीले लगेको छ।

प्रहरीले रित्तो गाग्री लगेपछि मेयर साम्पाङ खाली हात सिंहदरबार छिरेका हुन् । धरानको खानेपानी संकट टार्न सप्तकोशीबाट लाने आयोजनाका लागि केन्द्र सरकारले बजेट दिनुपर्ने माग साम्पाङको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
DsgrOOiCvOgMx

nrsliAvmAgaU

DsgrOOiCvOgMx

nrsliAvmAgaU

flbEnqjTLkMnE

aVSuWkOLcgPqWVR

flbEnqjTLkMnE

aVSuWkOLcgPqWVR

fQBobaNuv

SFpksdNZbGpGz

fQBobaNuv

SFpksdNZbGpGz