.

रास्वपाको उदयबाट अत्तालिएकाले आफुलाई सिध्याउन भयानक षड्यन्त्र रचे :रवि लामिछाने

विराटनगर । भैरहवा कारागारमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध साँधेर षड्यन्त्रपूर्वक फसाइएको दाबी गर्दै एक लामो अपिल जारी गनुभएको छ ।  

 

पार्टी स्थापनाको तेस्रो वर्षगाँठको अवसरमा सार्वजनिक गरिएको अपिलमा उहाँले आफूमाथिको सहकारी ठगीको आरोप निराधार रहेको बताउँदै देशका पुराना शक्तिहरूले आफूविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाउनु भएको छ ।  


 

लामिछानेले रास्वपाको उदयबाट अत्तालिएका पुराना शक्तिहरूले आफूलाई सिध्याउन भयानक षड्यन्त्र रचेको उल्लेख गर्नु भएको छ । ’छत्तीस वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन,’ उनले भनेका छन्, ’जब यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके ।’


 

उहाँले आफूविरुद्ध प्रहरी, प्रशासन र न्यायपालिकाकै दुरुपयोग भएको दाबी गर्नु भयो । मध्यरातमा बलपूर्वक पक्राउ गरिएको, कानूनको हदम्याद नाघेर मुद्दा चलाइएको र आफूमाथि मात्रै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अभियोग लगाएर प्रतिशोध साधिएको उहाँको जिकिर छ।

 

लामिछानेले आफूले कुनै सहकारीबाट एक पैसा पनि नलिएको र आफ्नो नाममा कुनै ऋण वा सवारी साधनसमेत नभएको स्पष्ट पार्नु भएको छ ।  उक्त अपिल उहाँको सचिवालयमार्फत सार्वजनिक गरिएको हो ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया