.

भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओबादीका प्रमुख सचेतक हितराज पाण्डेको माग


विराटनगर । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माग गर्नुभएको छ । 


आज आइतबार प्रतिनिधिसभा बैठकमा पाण्डेले भिजिट भिसा प्रकरण राष्ट्रिय समस्या भएकाले माओवादीसँग भएको २ बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अविलम्ब छानबिन समिति गठन गर्न माग गर्नु भयो ।



उहाँले एक महिनाभित्र छानबिन समिति गठन गर्ने प्रतिबद्धता गृहमन्त्रीले रोष्ट्रमबाटै गरेको भन्दै अव  ढिलाइ नगर्न आग्रह गर्नुभयो ।



भिजिट भिसा प्रकरणका कारण निरन्तर सदन अवरुद्ध भएपछि आवश्यक अध्ययन एवं छानबिन गर्ने प्रतिबद्धता जनाउँदै सत्तापक्षले माओवादीसँग २ बुँदे सहमति भएको थियो । सहमतिसँगै माओवादीले विरोधका कार्यक्रम रोके पनि रास्वपा र राप्रपाले भने छानबिन समितिको माग गर्दै सदनमा निरन्तर विरोध जनाउँदै आएका छन् । 


आजको प्रतिनिधि सभाको बैठक पनि रास्वपाका सांसदले बहिष्कार गरेका छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया