विराटनगर । कोरोना संक्रमण कारण इलामकी एक जना महिलाको आज मंगलबार मृत्यु भएको छ ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज इलाम घर भएकी ३९ वर्षीया लामा थरकी महिलाको आज बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिनुभयो ।
मृतक महिलालाई आज विहान ४ बजेर ४० मिनेट तिर अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचार हुन नपाउदै मृत्यु भएको हो प्रवन्ध निर्देशक राईको भनाई छ।
मृतकलाई श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउनेलगायतका समस्या देखिएपछि सोमबार झापा बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।
इलाम प्रहरीसँग समन्वय गरी नियम बमोजिम प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइसकिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताउनु भयो