विराटनगर । देशको विभिन्न तहमा रिक्त रहेको जनप्रतिनिधिहरुको पदमा उपनिर्वाचन गराउन निर्वाचन आयोग तयारीमा जुटेको छ ।
प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ (ख) मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारी बीच परामर्श भएको बताइएको छ ।
रुपन्देही ३ मा राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि र मनाङ क्षेत्र नम्बर १ ९२० का प्रदेशसभा सदस्य दीपक मनाङे जेल गएपछि पद रिक्त भएको थियो । त्यस्तै, स्थानीय तहमा विभिन्न पालिकाका वडाध्यक्ष पद खाली छ । उपनिर्वाचनको मिति भने तोकिएको छैन ।
आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरुलाई नामावली दर्ता गराउन अनुरोध गरेको छ ।