.

‘बाहेक’ शब्दबारे राष्ट्रियसभा सांसदहरूद्धारा जवाफ माग

विराटनगर । राष्ट्रियसभाका सांसदहरूले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट पारित भएको ‘सङ्घीय निजामती सेवा विधेयक २०८०’ मा 'कुलिङ अफ पिरियड' सम्बन्धी व्यवस्था परिवर्तन गरी ‘बाहेक’ भन्ने शब्द थपिएकामा आपत्ति जनाएका छन् ।


बैठकमा सांसदहरूले अनावश्यक शब्द थपिएको कार्य किर्ते भएको र संविधान विपरीत काम भएको बताएका हुन् ।


बैठकको शून्य समयमा सांसद श्रीकृष्णप्रसाद अधिकारीले निजामती विधेयकमा कर्मचारीका लागि दुई वर्षको ुकुलिङ पिरियडु राख्ने व्यवस्थामा ‘बाहेक’ जस्ता अनावश्यक शब्दहरू थपिएको जनाउँदै त्यसलाई गम्भीर कार्यको संज्ञा दिनुभयो । उहाँले यसबारेमा संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिनुभएको छ ।


त्यस्तै सांसद सावित्री मल्लले पनि निजामती सेवा विधेयकमा अनधिकृत रूपमा परिवर्तन गरिएको जनाउँदै यस्तो कार्य संसद्को अपमान भएको टिप्पणी गर्नुभयो ।


प्रतिनिधिसभाबाट गएको असार १५ गते पारित भएपछि विवादित बनेको निजामती विधेयक आज राष्ट्रियसभामा सन्देशसहित टेबुल भएको छ । प्रतिनिधिसभाबाट पारित हुनुअघि दुई वर्षको ुकुलिङ पिरियडु राख्ने समितिमा सहमति भएको भए पनि ‘बाहेक’ शब्दका कारण विधेयक विवादित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
cdlvCfEQSbb

pPSXhPEg

cdlvCfEQSbb

pPSXhPEg