.

अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण दिउँसो ३ बजे हुँदै

विराटनगर । अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण अहिले दिउँसो तीन बजे हुँदै छ । प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजेका लागि तय भएको थियो ।


तर एक घण्टा ढिला गरी तीन बजे हुन लागेको हो । कार्कीले हिजो पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गर्नुभएको थियो ।  


तर, स्वास्थ्यमन्त्रीमा सिफारिस हुनुभएकी मिश्राको भने अन्तिम समयमा आएर ‘होल्ड’ भएको छ । यस अघि तीन जना मन्त्रीले काम थालिसकेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया