.

सभामुख देवराज घिमिरे आज विराटनगर आउँदै, कोशी प्रदेशसभा भवन निरीक्षण गर्ने

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे आज (सोमबार) कोशी प्रदेशसभाको नयाँ कार्यालय भवन निरीक्षण तथा प्रदेश सभासँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्न विराटनगर आउँदै छन्।

जेनजी आन्दोलनका कारण पूर्ण रूपमा ध्वस्त भएपछि कोशी प्रदेशसभाको कार्यालय कटहरी गाउँपालिकाको तरकारी बजार क्षेत्रमा सारिएको छ। सङ्घीय संसद् सचिवालयका अधिकृत प्रविन राईद्वारा जारी सूचनाअनुसार, सभामुख घिमिरे आज दिउँसो साढे ३ बजे विमानमार्फत विराटनगर विमानस्थलमा ओर्लिनेछन्।

सभामुख घिमिरेले विराटनगर ओर्लिएलगत्तै आजै कोशी प्रदेशसभा कार्यालयको नयाँ स्थल (कटहरी तरकारी बजार क्षेत्र) निरीक्षण गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ।

सभामुख घिमिरेको यो भ्रमण कोशी प्रदेशसभाको भौतिक संरचना र व्यवस्थापकीय पक्षको अध्ययन तथा सङ्घीय र प्रदेशसभाबीच समन्वयका लागि महत्त्वपूर्ण मानिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया