जेनजी आन्दोलनको आवरणमा कास्कीमा विभिन्न सरकारी तथा निजी संरचनामा तोडफोड, आगजनी र लुटपाट गरिएको घटनामा संलग्नमध्ये हालसम्म ५६ जना पक्राउ परेका छन् ।
कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार फोटो तथा भिडियोलगायतका प्रमाणको आधारमा संलग्नता पुष्टि भएपछि पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये १४ जनालाई धरौटीमा रिहा गरिएको छ भने ३६ जना न्यायिक हिरासत तथा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
१ जना नाबालकलाई अदालतले बालसुधार गृह पठाउने आदेश दिएको छ ।
अदालतमा थुनछेक बहस भइरहेकाले केही फरारहरू समेत पछिल्लो दिन अदालत हाजिर भएका छन् । प्रहरीले शान्तिपूर्ण प्रदर्शनकर्तालाई नसमातिएको प्रस्ट्याउँदै आन्दोलनका नाममा उपद्रव मच्चाउनेहरूलाई मात्र कारबाही भएको बताएको छ ।
कास्कीमा १ सय १६ सरकारी तथा २७ निजी संरचनामा भदौ २४ गते आगजनी गरेर क्षति पुर्याइएको प्रशासनको तथ्यांकमा उल्लेख छ ।