विहिबार । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनहरूमाथि आज (बिहीबार) सुनुवाइका लागि पेसी तोकिएको छ।
न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ। नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विषयमा प्रश्न उठाउँदै कात्तिक २४ गते अर्जुन शाहले र कात्तिक २५ गते प्रदेश सभा सदस्यहरू (कृष्णप्रसाद यादवसहित) ले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
दुई वा दुईभन्दा बढी दलको सहमतिमा सरकार बन्ने अवस्था कायम रहेकै समयमा तत्कालीन प्रदेश प्रमुखले सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाएर संविधानको मर्म विपरीत काम गरेको रिट निवेदकहरूको मुख्य जिकिर छ ।
आजको सुनुवाइलाई मधेस प्रदेशको राजनीतिक भविष्यका लागि महत्त्वपूर्ण मानिएको छ।