.

एमाले महाधिवेशन प्रतिनिधि ः मोरङबाट कुन पक्षका कति ?

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ जिल्लाबाट प्रतिनिधि चयनको अन्तिम मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ।

हालसम्म सर्वसम्मत एकसहित ५ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

हालसम्म सार्वजनिक परिणाम अनुसार, मोरङमा अध्यक्ष केपी शर्मा ओली पक्षका १९ जना र वरिष्ठ नेता ईश्वर पोखरेल पक्षका १४ जना गरी कुल ३३ जना प्रतिनिधि निर्वाचित भएका छन्।

मोरङबाट कुल ४६ महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्नेमा हालसम्म ३४ जना (गुणावती धामी सहित) निर्वाचित भइसकेका छन्। अब क्षेत्र नं. ३ र दलित क्षेत्रबाट १२ जना प्रतिनिधि निर्वाचित हुन बाँकी छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया