.

१ सय ६८ वटा मतदानस्थल थप

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएकोे प्रतिनिधिसभा चुनावका लागि १ सय ६८ वटा मतदानस्थल थप गरेको छ ।

आयोगको हिजो बसेको बैठकले १ सय ६८ वटा मतदानस्थल थप गर्ने निर्णय गरेको हो । बैठकले मतदातालाई अपायक परेका, जीर्ण रहेका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज गरेको छ । मतदानस्थल थपघट गरिएसँगै अब देशभर १० हजार ९६७ मतदानस्थल कायम भएको छ । यस्तै आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा मौज्दातमा रहेको मतपेटिका पनि प्रयोग गर्ने भएको छ । आयोगले अघिल्लो पटकको चुनावमा खरिद गरेर मौज्दात रहेका ९० हजार मतपेटिका प्रयोग गर्ने र नपुग हुने ४५ हजार मतपेटिका खरिद गर्ने निर्णय गरेको छ ।

त्यस्तै आयोगले मतपत्र छपाइका लागि अघिल्लो पटक खरिद गरेर मौज्दात रहेको कागज पनि प्रयोग गर्ने भएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया