निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि ९२ दिन बाँकी हुँदा पनि निर्वाचन सामग्री खरिद प्रक्रिया सुरू गर्न नसकिएको बताएको छ ।
आयोगले सरकारले पर्याप्त बजेट नदिएका कारण खरिद प्रक्रिया सुरू गर्न नसकिएको बताएको छ ।
मागेभन्दा कम बजेट विनियोजन भएको भन्दै आयोगले निर्वाचनका लागि आवश्यक सामग्री खरिदका लागि बोलपत्र आह्वान समेत सुरु गर्न सकेको छैन् । आयोगलाई मतपत्रका लागि चाहिने कागज र मतपेटीकाबाहेकका स्वस्तीक छाप, छेकाबार, मसीलगायतका सामग्री खरिद गर्नेुपर्छ ।सरकारले निर्वाचनका लागि ४ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ।
यसैबीच निर्वाचन आयोगले वडावडासम्म पुगेर मतदाता शिक्षाको कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।
आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रको वडाका घर–घरमा पुगेर मतदाता शिक्षाको अभियान चलाउने जनाएको छ ।
आयोगले फागुन ३ गतेदेखि १८ गतेसम्म निर्वाचन क्षेत्रका वडामा स्वयंसेवक खटाएर मतदाताका घरघरमा पुगेर मतदाता शिक्षा अभियान पुर्याउने तयारी गरेको हो । यसका लागि स्वयंसेवकसँगै सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्ने आयोगको भनाइ छ।