.

समानुपातिकतर्फ चुनाव लड्न चाहने दलहरूलाई निवेदन दिन आह्वान

निर्वाचन आयोगले समानुपातिकतर्फ चुनाव लड्न चाहने दलहरूलाई निवेदन दिन आह्वान गरेको छ ।

शुक्रबार सूचना निकालेर आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न भनेको हो । दल दर्ताका लागि यही मंसिर २१ गतेदेखि मंसिर २३ गतेसम्मको समय दिइएको छ ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने हुन्छ ।

प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने दल प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रयोजनका लागि राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ वा दफा ४९ बमोजिम आयोगमा दर्ता भएको हुनुपर्नेछ । प्रत्यक्षतर्फ निर्वाच्न प्रयोजनका लागि ११७ वटा दल दर्ता भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया