.

मधेशमा आज नयाँ सरकारको दाबी पेस गरिँदै

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आज (शुक्रबार) राजनीतिक दलहरूले दाबी पेस गर्दैछन्।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले तोकेको समयसीमा आज साँझ ५ बजेसम्म रहेको छ।दाबी प्रस्तुत गर्नुअघि नेकपा (एमाले) बाहेकका सात दलीय गठबन्धनका नेताहरू निर्णायक आन्तरिक छलफलमा व्यस्त छन्।

यसअघि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि यो प्रक्रिया सुरु भएको हो।

जसपा संसदीय दलका नेता सरोजकुमार यादवले छलफलपछि नयाँ मुख्यमन्त्रीको टुङ्गो लागिसकेको बताएका छन्।

उनले आजै दिउँसो २ बजे सात दलले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्ने तयारी रहेको जानकारी दिए।

यादवका अनुसार सात दलीय गठबन्धनको भावना अनुसार नै सरकार गठन हुनेछ र मुख्यमन्त्रीको शपथसँगै एकैपटक सबै दलबाट मन्त्रीहरूको पनि शपथ हुने दाबी गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया