.

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यको पुनर्बहाली

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित हितेन्द्रदेव शाक्यले कार्यभार सम्हानुभएको छ ।

आज बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क, काठमाण्डौ पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो । सर्वोच्च अदालतको परमादेशपछि उहाँ प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली हुनुभएको हो ।

कार्यभार सम्हाल्दै शाक्यले आफ्ना कार्यक्रमलाई पहिला भन्दा पनि अझ बढी जोश र लगनशिलतासहित अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । सरकारको नीति निर्देशन बमोजिम प्राधिकरणको आफ्नो हक हितलाई सर्वोपरी ठानेर अघि बढ्ने बताउनुभयो ।

अबको साढे तीन वर्ष एउटा निश्चित गोल पूरा गर्नेगरी लाग्ने बताउनुभयो ।

उर्जामन्त्री र आफूले राम्रोसँग विद्युतको क्षेत्र बुझेकाले मिलेर काम गर्ने बताउनुभयो । शाक्यले विद्युत प्राधिकरणका आफ्नै आयोजनाहरु पनि हुनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया