.

एमालेका अध्यक्ष ओलीद्वारा हार स्वीकार ,प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य गर्ने प्रतिबद्धता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजा र आफ्नो पार्टीले अपेक्षा गरे अनुसारको सिट हासिल गर्न नसकेपछि हार स्वीकार गर्नुभएको छ।

अध्यक्ष ओलीले आज बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो स्वीकार गर्नुभएको हो । उहाँले निर्वाचनमा आफू र आफ्नो पार्टीले सोचे जस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्नुभयो। लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने बताउँदै उहाँले प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ। निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि पार्टीको चुनाव चिन्ह सूर्यमा मतदान गर्ने सम्पूर्ण मतदाता, नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई उहाँले विशेष धन्यवाद समेत दिनुभएको हो ।


निर्वाचनमा अपेक्षित सफलता नमिले पनि जनताको मतलाई लोकतान्त्रिक अभ्यासको रूपमा लिँदै उहाँले आगामी राजनीतिक यात्रालाई थप सक्रिय बनाउने संकेत गर्नुभएको छ। फेसबुक पोस्टको अन्त्यमा अध्यक्ष ओलीले हृदयदेखि नै सबै समर्थकलाई आभार व्यक्त गर्दै चुनावी परिणामले पार्टीको जनसेवाको यात्रालाई नरोक्ने बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया