.

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

नेपाली कांग्रेसको गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा आज आइतबार सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी क्रम सङ्ख्या २२ मा तोकिएको छ।


गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद चर्किएको हो। निर्वाचन आयोगले सोही समितिलाई आधिकारिकता दिएपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूहका तर्फबाट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वाेच्चमा रिट दर्ता गराएका थिए।


देउवा पक्षले दायर गरेको रिटमा निर्वाचन आयोगको निर्णय बदर गर्न र नयाँ निर्वाचित कार्यसमितिलाई अवैधानिक ठहर गर्दै भङ्ग गर्न माग गरिएको छ। देउवा समूहले नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नहुने दाबी गर्दै आएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया