.

रास्वपाद्वारा सांसदका लागि अभिमुखीकरण सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। कार्यक्रममार्फत सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली र जनप्रतिनिधिको जिम्मेवारीबारे जानकारी गराइनेछ।

पहिलो दिन उपसभापति स्वर्णिम वाग्ले र डोलप्रसाद अर्यालसहितका नेताहरूले मन्तव्य तथा अनुभव साझा गर्नेछन् भने विज्ञहरूले संसदीय प्रक्रिया र कानुन निर्माणबारे प्रशिक्षण दिनेछन्।

दोस्रो दिन बजेट, सुशासन र सांसदको आचारसंहितामा केन्द्रित रहनेछ। कार्यक्रमको अन्त्यमा सभापति रवि लामिछानेले समापन मन्तव्य दिनेछन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरुआत गर्दैछ।

दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारेमा जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छ बुँदे निर्देशन जारी गर्दै आह्वान गरिसकेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया