.

प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी प्रतिवेदन भोलि राष्ट्रपति पौडेल समक्ष बुझाउने आयोगको तयारी

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ ।

आयोगले बिहीबार अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी प्रतिवेदन बुझाउने समय लिएको राष्ट्रपति कार्यालयले जनाएको हो ।

गत फागुन २१ गते मुलुकभरी प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो ।

आयोगले निर्वाचन सम्बन्धी नतिजा सार्वजनिक गरिसकेको छ ।सोही नतिजा समेटिएको प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाउन समय लिएको राष्ट्रपति कार्यालयले जनाएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया