विराटनगर ,१२ साउन । कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन् ।
सर्वाेच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्बहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हालनृ भएको हो ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने प्रस्ट पारे ।
देशका ठूला दलहरू एमाले र काङ्ग्रेस मिलेर जान सक्ने र नेकपा एमाले पनि बहुमत र्पुयाएर सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा जाने सक्ने बताए । उनले एमालेले बहुमत र्पुयाउनका लागि कोशी प्रदेश सभामा रहेका दलहरूसँग कुराकानी भइरहेको समेत बताए ।
कार्कीले यस विषयमा कुराकानी भएरहेको र अहिलेसम्म फाइनल भइनसकेको बताउनृभयो ।