.

कांग्रेसले संसदीय समिति सभापतिका उम्मेदवारको टुंगो लगायो

नेपाली कांग्रेसले संसदीय समितिमा सभापतिका लागी उम्मेदवारको टुंगो लगाएको छ ।कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंगो लगाएको हो ।कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरे पनि सो समूहबाट जीवन परियार मात्रै परेका छन् । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि आइतबार संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया