.

फिदिममा अटो दुर्घटना, एकको मृत्यु, तीन घाइते

विराटनगर,३ साउन । पाँचथरको फिदिम नगरपालिका १ शनिबारेस्थित मेची राजमार्गमा ओटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अटोमा सवार तीनजना घाइते भएका छन् । 

बुधबार बिहान ८; ४० बजे फिदिम बजारतर्फ आइरहेको प्र १–०१–००१ स ८७०५ नम्बरको अटो र्दुघटना हुँदा फिदिम ६ सिवाकी ५५ वर्षीया हरिमाया तुम्रोकको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकी तुम्रोकको उपचारको क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

अटोमा सवार सिवाकी ३६ वर्षीया बसन्ती लिम्बू, १९ वर्षीय सन्देश लिम्बू र फिदिम ७ का कुसल लिम्बू सामान्य घाइते छन् । उनीहरुको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । अटोसहित चालक दिपक लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया