.

मोटरसाइकल दुर्घटनामा परि सरकारी कर्मचारीको मृत्यु

विराटनगर, ९ साउन ।पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटनामा परि एक सरकारी कर्मचारीको मृत्यु भएको छ।

फिदिम – २ साम्दिनबाट फिदिम बजारतर्फ आउँदै गरेको प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल मङ्गलवार बिहान दुर्घटना हुँदा विर्तामोड नगरपालिका– ८ निवासी २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक अधिकारी प्रदेश लेखा इकाई कार्यालय फिदिममा कार्यरत कर्मचारी हुन्।

सोमबार दिउँसो करिब १ः३० मा अधिकारी आफैले चलाएको मोटरसाइकल फिदिम – २ ओदिन नजिकै अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मिलन थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया