विराटनगर , ३० साउन । मोरङको बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार घरमा जडान गरेको पंखा चलाउने क्रममा करेन्ट लाग्दा बेलबारी ५ का २५ वर्षीय प्रेम माझीको मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?