.

विराटनगरमा जन्मास्टमीको भोलिपल्ट निकालिने रथयात्रामा देशका महानगर–उपमहानगरका प्रमुख–उपप्रमुख पनि सहभागि हुँदै

विराटनगर , २० भदौ ।आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यसपटकको रथयात्रालाई देशभरका महानगरपालिका, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखले समेत अवलोकन गर्ने भएका छन् । देशभरका नगरपालिकाहरुको छाता संगठन सिटी नेटको कार्यक्रमका लागि उनीहरुलाई विराटनगर महानगरपालिकाले निम्त्याएको छ ।

भदौ २१ गते रथयात्रा निकाल्ने दिन नै सिटी नेटको कार्यक्रम सकिएपछि रथयात्राको दर्शन गराईने महानगरपालिकाले जनाएको छ । अहिलेका चर्चित मेयर बालेन साहदेखी धरानका हर्क साम्पाङ समेतले रथयत्राको अवलोकन गर्ने संभावना रहेको छ ।

त्योसंगै भारतका स्थानीय तहहरुलाई पनि बोलाउने भनेर केहिलाई पत्रचार गरिएको छ । यसबर्षको रथयात्रालाई अन्य ठाँउका मेयर तथा उपमेयरसँगै भारतका जनप्रतिनीधीले अवलोकन गर्ने भएका हुन् ।

यसपटक मन्दिर परिसरबाट भदौ २१ गते दिउँसो ३ बजेपछि रथयात्रा प्रारम्भगर्ने तयारी गरिएको आयोजक समितिले जनाएको छ । रथले मन्दिर परिसरबाट मेनरोड सहित धरानरोड हुँदै झण्डै ९ किलोमिटर दुरी तय गर्ने छ । रथले परिक्रमा गर्ने क्रममा ४३ स्थानमा बिश्रामस्थल तोकिएको छ ।

श्रद्धालु र भक्तजनकालागि रथ तान्न दुवैतर्फ ७५—७५ फिटको डोरी राखिने भएको छ ।् यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन ग गर्दै ‘व्रत’ बसेर रातभर जाग्राम बस्ने प्रचलन छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । भोली विराटनगरमा झाँकीसहित रथयात्रा निकालिदैं छ सो रथयात्रामा सभ्य रुपले सहभागीता जनाउन माहानगरले विनम्र अनुरोध गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया