.

नौ दिनदेखि वेपत्ता डा। उज्वल कोइराला कोसी किनारमा मृत फेला

विराटनगर , २० भदौ । नौ दिनदेखि सम्पर्कबिहीन रहेका ३२  वर्षीय डाक्टर उज्वल कोइराला कोसी किनारामा मृत अवस्थामा फेला परेका छन् । मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी झापामा कार्यरत डा।कोइराला उदयपुरको बेलका नगरपालिका ८ कोठुस्थित चतरा पुलछेउमा कार रोकेर बेपत्ता भएका थिए । 


डा। कोइरालाको शव मंगलबार सुनसरीको वराहक्षेत्र नगरपालिका (२ स्थित कोसी वगरको तेराआरी भन्ने ठाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले बताए । उनको शव नदी किनारमा सडिसकेको अवस्थामा फेला परेको उनले बताए ।


झापा दमक नगरपालिका १ का स्थायी बासिन्दा कोइराला ट्रमा सेन्टरमा जनरल सर्जन थिए । प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कारमा सवार कोइराला भदौ १० गते राति २ बजे पुलछेउमा कार पार्किङ गरेर बेपत्ता भएका थिए । 


उनी सम्पर्कबिहीन भएको भन्ने खबर परिवारबाट पाएदेखि नै प्रहरी उनको खोजीमा जुटेको थियो । खोजीकै क्रममा उनी सवार कार पुलछेउमा पार्किङ गरेको पाइएपछि सीसी टीभी रेकर्डको सहाराले खोजी कार्य तीब्र पारिएको थियो । सीसी टीभीको फुटेज पछ्याउँदै जाँदा उनको शव फेला परेको प्रहरी भनाइ छ ।


कार पुलछेउमा पार्किङ गरेको र जुत्ता,मोजा र मोबाइल पुलको बीचमा छाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जुत्ता,मोजा र मोबाइल पुलमै छाडेर हिड्नुले डा।कोइराला मानसिक तनावमा रहेको र आत्महत्या गरेको हुनसक्ने डीएसपी चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया