विराटनगर , २१ भदौ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष तथा काग्रेस नेता मुकुन्द रिजालको आज विहान निधन भएको छ ।
उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीकालागि राष्टिय सभागृहमा राखिएको छ ।
उनको आजै दिउँसो साढे २ बजे अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ । रिजाललाई अन्तिम बिदाईसँगै श्रद्धाञ्जली दिन अर्थमन्त्री प्रकाशशरण महत, कांग्रेस महामन्त्री गगन थापा, मेयर बालेन साहलगायत राष्ट्रिय सभा गृह पुगेका थिए ।
डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको निधन भएको हो। उच्च ज्वरो र निमोनियाँ देखिए पछि उनलाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् ।
रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।
अध्यक्षमा निर्वाचित भएसँगै उनले फोहोर व्यवस्थापनको विषयमा दिएको एक अभिव्यक्ति निकै चर्चामा आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?