.

बर्दियाको ठाकुरबाबा नगरपालिकामा आज शोक बिदा

विराटनगर , २४ भदौ  ।बर्दियाको ठाकुरबाबा नगरपालिकाले आज शोक बिदा दिएको छ ।

भ्रमणबाट फर्किँदै गरेको बस अस्ति बेलुका बाँकेको शमशेरगञ्ज नजिक दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिकाका ६ जनासहित ७ जनाको ज्यान गएको शोकमा नगरपालिकाले आज शोक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।


बस दुर्घटनामा ठाकुरबाबा नगरपालिकाको ९ नम्बर वडाका ५ र ७ नम्बर वडाका १ जनासहित ७ जनाको ज्यान गएको थियो ।


ठाकुरबाबा नगरपालिका–९ को बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा बाँकेको शमशेरगञ्ज नजिक दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया