.

दाइजोको निहुँमा विराटनगरकी निकिताको हत्या गरेको आरोप, श्रीमान पक्राउ

विराटनगर,२ असोज । दाइजो नल्याएको निहुमा विराटनगर माइती भएकी की २३ वर्षीय निकिता चौधरीको श्रीमानले हत्या गरेको माइती  पक्षले आरोप लगाएका छन् ।  इनरुवा नगरपालिकाका– ३ घर भएकी निकिताको श्रीमान नगेन्द्र भगतले हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् ।


माइती पक्षले दाइजोको निहुँमा पटक पटक चौधरी माथि कुटपिट हुने गरेको भन्दै दोषीलाई कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय सुनसरी अगाडि प्रदर्शन गर्दै आएका छन् ।


शनिवार राती चौधरीको मृत्यु भएको थियो । बाथरुममा झुन्डिएको भन्दै निकितालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा लगिएको थियो ।


अस्पतालले उपचार हुन नसक्ने भन्दै रेफर गरेपछि थप उपचारका लागि विराट टिचिङ हस्पिटल ल्याउने क्रममा चौधरीको निधन भएको थियो । चौधरीको मृत्युको विषयमा भगत परिवारले फरक फरक कुरा बताउँदै आएको भाइ राकेश चौधरीले बताए ।


उनका अनुसार भगत परिवारले कहिले बाथरुममा चिप्लिएको, कहिले आत्महत्या गरेको बताउने गरिएको छ ।  दाइजोको निहुँमा उनकै श्रीमानले हत्या गरेको आरोप माइती पक्षको छ । 

शनिवार राती करिब साढे ९ बजेतिर निकिताले श्रीमान् र परिवारसँग झगडा भइरहेको माइतीमा आमालाई फोन गरेर जानकारी गराएकी थिइन् ।त्यसको आधा घण्टापछि निकिताले झुन्डिएर आत्महत्या गरेको नगेन्द्रकी भान्जीले निकीताका भाइलाई खबर गरेकी थिइन् । त्यसपछि निकिताकी जेठानीले बाथरुममा चिप्लिएर सख्त घाइते भएको भन्दै जिल्ला अस्पतालमा आउन आग्रह गरेको माइती पक्षले दाबी गरेको छ । 


दाइजोको विषयमा झगडा परिरहेको बताएको केही क्षणमा निकिताको मृत्युको कारण विरोधाभासपूर्ण तरीकारले जानकारी गराइएको माइती पक्षले दाबी गर्दै आएका छन् ।


निकीताका भाइ राकेश चौधरीले नागेन्द्रले दिदी निकितामाथि धारिलो हतियार प्रहार गर्नुका साथै घाँटी थिचेर हत्या गरेको आरोप लगाए । निकिताले तिजमा लगाउन चार हजार रुपैयाँको सारी किनिदिन नागेन्द्रसँग आग्रह गरेको गरेपछि विवाद भएको माइती पक्षले दाबी गरेको छ ।शनिवार साँझ आमासँग श्रीमान् नागेन्द्रलाई सारी किनिदिन आग्रह गरेको र नागेन्द्रले सारी किनिदिनु परे नाम मेटाइदिने भन्दै धम्की दिएको कुरा सुनाएकी थिइन् । नागेन्द्रले आफ्नी छोरीलाई माइतीबाट थप दाइजो ल्याउन दबाब दिँदै कुटपिट गरी हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् ।


नगेन्द्रका दाजु गोपी भगतले भने परिवारमा कुनै झै झगडा नभएको दाबी गरेका छन् ।  उनले नगेन्द्रले निकितालाई तीजको सारी किनिदिएको तर सारी किनिदिएपछि तिम्रो   बुबाले किन सारी नकिनिदिएको भन्दै जिस्काएको दाबी गरे । यही विषयमा दुवैबी झगडा भएको भगतले बताए ।

माइती पक्षले निकिताको दाइजोको निहुँमा हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा नागेन्द्र विरुद्ध जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा नागेन्द्रलाई आइतबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । 

निकितासँग दोस्रो विवाह गरेका नागेन्द्रलाई दाइजो स्वरूप माइती पक्षले २५ लाख नगद, १० तोला सुन र ८० तोला चाँदी दिएका थिए । 


निकिता र नागेन्द्रबीच २१ महिनाअघि मागी विवाह भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया